काठमाडौं– इन्डोनेसियामा जारी १८ औं संस्करणको एसियन गेम्स अन्तर्गत पुरूष फुटबलको दोस्रो खेलमा आज नेपालले भिएतनामको सामना गर्दैछ।


ADVERTISEMENT


खेल विभाहा मुक्ति रंगशालामा नेपाली समय अनुसार साँझ साढे ६ बजे पछि सुरू हुनेछ । पहिलो पटक एसियन गेम्समा खेल्न लागेको नेपालले आज जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ ।


ADVERTISEMENT

# # #


यसअघि पहिलो खेलमा एसियाली पावरहाउस जापानसँग १–० को सम्मानजनक हार ब्यहोरेको नेपाल बिहिबार भिएतनामविरुद्ध उच्च मनोवलका साथ मैदान उत्रने छ । पहिलो खेलमा पराजित भए पनि दोस्रो चरण प्रवेश गर्ने सम्भावना जीवितै राख्न नेपाली युवा टोलीले आज भियतनामलाई हराउनै पर्ने हुन्छ ।

यद्यपी बलियो टोली भिएतनामलाई रोक्न नेपाललाई त्यति सहज छैन । आफ्नो पहिलो खेलमा पाकिस्तानमाथि ३–० को सहज जित निकालेको भियतनामले नेपालविरुद्ध जित या बराबरी निकाले पनि एक खेल अगावै एसियाड फुटबलको दोस्रो चरणका पुग्नेछ ।

यदि आज नेपालसँग पराजय भए अन्तिम खेलमा जापानसँग जित निकाल्नुपर्ने हुन्छ । तर नेपालले जितेको खण्डमा अन्तिम खेलमा पाकिस्तानलाई हराए नेपाल दोस्रो चरण प्रवेश गर्नेछ ।

आजै समूहको अर्को खेलमा जापान र पाकिस्तान खेल्नेछन् । यदि आज जापान विजयी भएको खण्डमा जापान दोस्रो चरण प्रवेश गर्नेछ भने पाकिस्तान एक खेल अगावै समूह चरणबाट बाहिरिनेछ ।

पाकिस्तानलाई पनि खेलमा रहिरहन आज जापानलाई हराउनै पर्ने हुन्छ । अन्तिम खेलमा नेपाललाई हराए दोस्रो चरण पुग्नेछ ।