काठमाडौं– नेपालको पश्चिमी पहाडी भेगमा अझै बाढी पहिरोको खतरा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।


ADVERTISEMENT


ठूला नदीमा केहीदिन बाढीको खतरा नरहेपनि पश्चिमी पहाडी भेगका चुरे क्षेत्रबाट बग्ने नदीनालामा खतरा रहेको छ । केही दिन अतिवृष्टिको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिन ठूला नदीमा हुने बाढीको त्रास कम रहेको भए पनि सामान्य सतर्कता अपनाउनु पर्ने मौसम विभागले जनाएको छ ।


ADVERTISEMENT

# # #


पूर्वका कोशी, अरुण लगायतका नदीहरुमा सामान्य बाढी आएको भएपनि पश्चिमका बबई, नारायणी लगायतका नदीमा सतर्कता अपनाउनुपर्ने देखिएको छ ।