काठमाडौं– पछिल्लो समयमा अभिनेता सनजय दत्तको बायोपिक फिल्म ‘सञ्जु’मा नरगिसको भुमिका निभाएकी अभिनेत्री मनिषा कोइरालाले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको ‘मह सञ्चार’ले निर्माण गर्न लागेको फिल्म गर्नका लागि अस्वीकार गरेकी छन् ।


ADVERTISEMENT


यसरी फिल्ममा काम गर्न मनिषाले अस्वीरकार गरेपछि अर्की पुराना अभिनेत्री निरुता सिंहलाई खेलाउने पक्का भएको छ ।


ADVERTISEMENT

# # #


यो फिल्मका लागि अभिनेत्री मनीषा कोइरालालाई प्रस्ताव गरिएको थियो । तर हाल मुम्बईमा रहेकी मनिषाले यस अफर अस्वीकार गरेकी हुन् । अहिले उनी बलिउडमै व्यस्त छिन् । मनीषा कोइरालाले अस्वीकार गरेपछि सोही भूमिका निरुतालाई अफर गरिएको छ ।

मह सञ्चारले निर्माण गर्न लागेको फिल्मको नाम ‘दाल भात तरकारी’ रहेको छ । अमेरिकन पैसाबाट सञ्चालित भन्दै मदनकृष्ण र हरिवंशको ‘मह सञ्चार’ नामक संस्थाको विरोध भइरहेको छ । माओवादी सशस्त्र द्वन्द्वका बेला मह सञ्चारले अमेरिकनहरूसँग करोडौँ रुपैया लिएर टेलिसिरियल बनाएका थिए ।

यो फिल्ममा अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता पुष्पल खड्काको पनि अभिनय रहनेछ । मह संचारको प्रस्तुतिमा किरण केसीले निर्माण गर्न लागेको यो फिल्ममा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठको पनि अभिनय रहनेछ । साथै यो फिल्ममा किरण केसी, शिवहरि पौडेल, विल्सन विक्रम राई लगायतका कलाकार पनि रहनेछन् ।