काठमाडौं– जापानमा एकजोर जुत्ता चोरी गर्ने चोरलाई खोज्न ३ हजार पुलिस खटाईएको छ । ति अभियुक्त हुन् जूनया हिदा उक्त व्यक्तिमाथि केवल चोरीको अभियोग मात्र नभई बलात्कारको आरोपसमेतमा उनलाई गिरफ्तार गरी जापान प्रहरीले उनलाइ एक चौकीको हिरासतमा राखेको थियो ।


ADVERTISEMENT


तर पुलिस चौकीबाटै भागेर फरार भएपछि पुलिसले यत्रतत्र सर्वत्र उसको खोजी गरिरहेको छ । अर्को रोचक कुरा त के भने उक्त अभियुक्तले चौकीबाट भाग्ने बेलामा पुलिसकै जुत्ता चोरेर भागेछ ।


ADVERTISEMENT

# # #


२ महिनादेखि हिरासतमा रहेको ३० वर्षको उक्त युवक ओसाकास्थित टोन्डाबायसी पुलिस चौकीबाट पुलिसका जुत्ता नै चोरेर भागेपछि उसलाई खोजी गर्न जापानभर ३ हजार पुलिस खटिएका छन् ।

आइतबार पुलिसचौकीमा अभियुक्तलाई भेट्नका लागि उसका वकिल आएको मौका छोपी हातमा हतकडी खोलिएको बेला ऊ भागेको बताइएको छ ।