काठमाडौं–चेल्सीले आर्सनललाई हराउँदै लिगमा लगातार दोस्रो जित निकालेको छ । शनिबार राति लण्डनको स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले आर्सनललाई ३–२ गोल अन्तरले हराएको हो ।


ADVERTISEMENT


चेल्सीलाई जिताउन पेड्रो, अल्भारो मोराटा र मार्कोश एलोन्सोले गोल गरे । आर्सनलका लागि हेनरिक एलेक्स ओबीले गोल गरेका थिए ।


ADVERTISEMENT

# # #


खेलको नवौं मिनेटमा पेड्रोको गोलबाट चेल्सीले अग्रता लिएको थियो । एलान्सोको उत्कृष्ट क्रसमा पेड्रोले गोलमा परिणत गरेका थिए ।

अल्भारो मोराटाले २० औं मिनेटमा चेल्सीको अग्रता दोब्बर पारे । तर, चार मिनेट भित्र दुई गोल गर्दै आर्सनल खेलमा उत्कृष्ट पुनरागमन गर्‍यो ।

हेनरिक मिखीटेरीयनले ३७ औं मिनेटमा गोल गर्दै आर्सनललाई २–१ को स्थितिमा पुर्‍याएका थिए भने उनैको पासमा ४१ औ मिनेटमा एलेक्स ओबीले गोल गर्दै खेललाई पहिलो हाफमै बराबरीमा ल्याए ।

दोस्रो हाफ आफ्नो पकडमा रखेको चेल्सीका लागि मार्कोस एलोन्सोले गोल गर्दै खेलमा पुन अग्रता दिलाए ।

बेल्जियम स्टार इडेन हजार्डको पासमा मार्कोसले गरेको गोल नै खेलको निर्णयक गोल भएपछि चेल्सीले लगातार दोस्रो जित निकाल्यो ।

यो सँगै चेल्सीले सुरुवाती दुई खेलबाट ६ अंक जोडेको छ । पहिलो खेलमा साविक विजेता म्यान्चेष्टर सिटीसँग हारेको आर्सनल २ खेलबाट अंक विहिन छ ।