काठमाडौँ– ले अनुचित ढङ्गले केही गम्भीर प्रकृतिका सूचना चुहावट हुँदा अनुशासनहीनता बढ्ने बताएका छन् । राष्ट्रिय सूचना दिवस–२०७५ का अवसरमा राष्ट्रिय सूचना आयोगद्वारा आज यहाँ आयोजित समारोहमा उनले गम्भीर सूचना चुहावट हुँदा राष्ट्रिय गोपनीयता पनि भङ्ग हुने गरेकाले त्यसलाई सरकारले रोक्ने स्पष्ट गरेका छन् ।


ADVERTISEMENT


अर्को प्रसङ्गमा प्रधानमन्त्री ओलीले मुलुकको अग्रगामी विकास गर्न, जनतालाई थप अधिकारसम्पन्न बनाउन र लोकतन्त्र सुदृढीकरण गर्नका लागि संविधानमा भएका कमजोरी सच्याउन सकिने बताएका छन् ।


ADVERTISEMENT

# # #


कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचनाको हकको मात्रै नभई सही सूचनाको सही सम्पे्रषणको हक सम्बन्धमा पनि सोच्नुपर्ने धारणा व्यक्त गरेका छन् । उनले भने, “हामीले अधिकारको मात्रै कुरा गर्यौंँ, प्राप्त भएका अधिकार प्रयोग गर्ने सन्दर्भमा कतिपय कुरा अपुग रहेछन् भने सो कुरा उठाउनु राम्रो हुन्छ, व्यक्तिका धेरै अधिकार मौलिक हकका रुपमा आइसके ।”

सूचनाको हकसँगै गोपनीयताको हक पनि रहन्छ भन्नेतर्फ सजग हुनुपर्ने उल्लेख गर्दै मन्त्री बाँस्कोटाले स्वतन्त्रताको हकसँगै सामाजिक मर्यादा, दायित्व र कर्तव्य पनि बिर्सन नहुने बताएका छन् ।

कार्यक्रममा आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले आयोगकै क्रियाकलापबाट विद्यार्थीले आफ्नो उत्तरपुस्तिका र लोकसेवा आयोगका प्रतियोगीले आफ्नो प्राप्ताङ्क हेर्न पाउनेलगायत नागरिकले सूचनाको हक उपभोग गर्न पाएको अवगत गराएका छन् ।

आयोगका आयुक्त किरणकुमार पोखरेलले लोकतन्त्रमा सबै निकाय आफैँ जवाफदेही र पारदर्शी हुनुपर्ने उल्लेख गर्दै नागरिक सूचना माग्न नआए पनि सम्बन्धित निकायले सूचना सार्वजनिक गर्नुपर्ने बताएका छन् । आयुक्त यशोदादेवी तिम्सिनाले सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा कार्यान्वयन गर्नका लागि सरकारी निकायलाई जवाफदेही, पारदर्शी र उत्तरदायी बनाउन पनि सूचनाको हक प्रमुख औजार हुने धारणा व्यक्त गरेका छन् ।

आयोगका निमित्त सचिव गीताकुमारी हुमागार्इंले सूचनाको हकलाई मौलिक हकमा उल्लेख गरेर मात्र जनताले सहज रुपमा सार्वजनिक सरोकारका सूचना पाउन नसक्ने भएकाले आयोगजस्ता सम्बन्धित निकाय क्रियाशील हुनुपरेको बताएका छन् । रासस