काठमाडौं– सुनसरीको इटहरी उपमहानगरपालिका–१० का वडा कार्यालय सचिव नायव सुब्बा घुससहित रंगेहात पक्राउ परेका छन् ।


ADVERTISEMENT


सेवाग्राहीसँग घुस रकम माग गरिरहेको सूचनाका आधारमा नायव सुब्बा बिदूर रेग्मीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।


ADVERTISEMENT

# # #


रेग्मीले होटल दर्ता प्रमाणपत्र बनाइदिने भन्दै सेवाग्राहीबाट १३ हजार घुस रकम लिएको अख्तियारले विज्ञप्ति निकाली जानकारी दिएको छ ।

उनलाई घुस लिएको अवस्थामा उपहानगरको वडा नं। ६ को रोज रक मम घर होटलबाट नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरिएको अख्तियारले जनाएको छ ।