काठमाडौं– इन्डोनेशियामा जारी १८ औं संस्करणको एसियाड अन्तर्गत समूहगत चरणको तेस्रो तथा अन्तिम खेलमा पनि नेपाल पाकिस्तानसँग पराजित भएको छ ।


ADVERTISEMENT


सुरूवाती अग्रता लिएको नेपालले जोगाउन नसक्दा पाकिस्तानसँग २–१ गोल अन्तरले पराजित हुन पुग्यो ।


ADVERTISEMENT

# # #


नेपालका लागि रोहित चन्दले सुरूवाती गोल गरेका थिए । पहिलो हाफसम्म १–० ले अघि रहेको नेपालले दोस्रो हाफमा दुई गोल खान पुग्यो । यद्यपी पाकिस्तानविरूद्ध गरेको गोल करिब चार दशक पछि नेपालले एसियाड फुटबलमा गोल गरेको हो ।

खेलको १२ औं मिनेटमा रोहितले नेपालका लागि गोल गरेका थिए । यसअघि एसियाड फुटबलमा नेपालले अन्तिमपटक सन् १९८२ मा गोल गरेको थियो । एसियाड फुटबलमा त्यो नै नेपालको एकमात्र गोल रहेको छ । त्यतिबेला नेपालका वाईबी घलेले कुवेतविरुद्ध गोल गरेका थिए ।

नेपालले अहिलेसम्म एसियाड फुटबलमा खेलेका सबै १७ खेलमा पराजय भोग्दै ६८ गोल खाएको छ । भने १ गोल मात्र गरेको थियो ।