काठमाडौं– काठमाडौंको तीनकुनेबाट सात जना पक्राउ परेका छन् । बंगालको खाडी आसपासका मुलुकको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनको मिति नजिकिँदै गर्दा पेस्तोल र ४ राउण्ड गोलीसहित ७ जना पक्राउ परेका हुन् ।


ADVERTISEMENT


बिमस्टेकको चौथो शिखर सम्मेलन नजिकिदै गर्दा हिजो देखि नै प्रहरीले कडा निगरानी गरिरहेको प्रहरी परिसर प्रमुख बसन्त कुमार लामाले जानकारी गराएको छ ।


ADVERTISEMENT

# # #


प्रहरीले यसरी बिमस्टेक सम्मेलनका लागि प्रहरी सुरक्षा व्यवस्था कडा पारिरहेको समयमा हतियारसहित सात जना पक्राउ परेका हुन् । सोमबार दिउँसो उनीहरुलाई काठमाडौं प्रहरी परिसरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ गरिएकाहरुको विवरण भने खुलाइएको छैन ।