काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जिल्ला तथा प्रदेश कमिटीको एकीकरणका लागि गठन भएको कार्यदलको म्याद थप गरेको छ ।


ADVERTISEMENT


कार्यदललाई भदौ सात गने भित्र अनिवार्य प्रतिवेदन बुझाउन नेकपा सचिवालयले निर्देशन दिएको छ । सचिवालय बैठकले सबै प्रदेश तथा जिल्लामा गठित कार्यदललाई अन्तिम समयका रुपमा भदौ ७ गतेको सीमा तोकेको हो । यसअघि गत साउन २५ गतेसम्मको उक्त समयसीमा साउन मसान्तसम्म सारिएकामा आज अन्तिम समयसीमा तोकिएको हो ।


ADVERTISEMENT

# # #


नेकपामा प्रदेश नं १ र २ का एकीकरणसम्बन्धी कार्यदलका प्रतिवेदन र कतिपय जनसङ्गठनका एकताको प्रतिवेदन आउन बाँकी छ । प्रतिवेदन ढिला भएका कारण यही भदौ ८ र ९ गतेका लागि बोलाइएको स्थायी समितिको बैठक भदौ १९ र २० गतेका लागि निर्धारण गरिएको छ । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच गत जेठ ३ गते एकता भई नेकपा घोषणा भएको थियो ।