एजेन्सी– इन्टरनेसनल स्टार बनिसकेकी बलिउड नायिका प्रियंका चोपडाको हलिउडमा डिमान्ड बढ्दो छ । तर बलिउडबाट पनि उनी टाढा हुन नचाहेको बुझिएको छ ।


ADVERTISEMENT


प्रियंकाले केही समय अघि सलमान खानको फिल्म ‘भारत’ छोडेर एउटा हलिउड फिल्म साइन गरेकी थिइन् ।


ADVERTISEMENT

# # #


त्यसपछि धेरैको आशंका थियो कि उनको प्राथमिकतामा बलिउड रहेन । र कतिपयको आशंका थियो उनले निक जोनससँगको बिहेको चाँजोपाजोँ मिलाउन सलमानको फिल्मबाट हात झिकेकी हुन् । केही दिन अगाडि उनले अमेरिकी गायक निक जोनससँग ईंगेजमेन्ट पनि गरिसकेकी छन् ।

तर भारतीय मिडियाहरूको ताजा खबर अनुसार प्रियंका नयाँ बलिउड फिल्ममा अनुवन्धित भएकी छिन् । उनी ‘कृष ४’ का लागि अनुवन्धित भएकी हुन् ।

अघिल्ला सिक्वेलहरुमा पनि प्रियंकाले ऋतिक रोशनको अपोजिटमा खेलेकी थिइन् । तर, यसपाली भने निर्देशक राकेश रोशनलाई प्रियंकाले आफ्नो फिल्ममा खेल्दिनन् नै भन्ने थियो किनभने सलमानको फिल्मसमेत छोडेकी नायिकाले आफ्नो फिल्ममा खेल्छिन् भन्ने उनलार्इ लागेको थिएन् । तैपनि राकेशले अफर गरी हेरे ।

प्रियंकाले फिल्मको स्कृप्ट नै नहेरी तत्कालै फिल्म खेल्न सहमति जनाएकी छिन् ।