एजेन्सी– ब्राजिलको फुटबल एसोसिएसनका पूर्व प्रमुख जोसे मरिया मारिन भ्रष्टाचारी ठहर भएका छन् । उनलार्इ अदालतले चार वर्षको जेल सजाय सुनाएको छ ।


ADVERTISEMENT


जोसेले स्पोटर्सको मार्केटिङ गर्ने कम्पनीबाट खेल प्रशारण गर्न दिने शर्तमा ठूलो रकम लिएको ठहर गरिएको छ । सो काण्डमा उनी दोषी ठहर भएपछि जेल सजाय सुनाइएको हो ।


ADVERTISEMENT

# # #


८६ वर्षका जोसेसहित विश्व फुटबलको प्रशासकीय निकाय फिफाका सात जनालाई समेत भ्रष्टाचार आरोपमा सन् २०१५ को मे मा ज्युरिचमा रहेको होटलबाट पक्राउ गरिएको थियो । जोसेले कोपा अमेरिकासहितका प्रतियोगिताका खेल प्रशारण गर्न दिने शर्तमा घुस लिएको पुष्टि भएको हो ।

जेल सजायका साथै उनले १२ लाख अमेरिकी डलर जरिवाना र ३३ लाख ४० हजार अमेरिकी डलर दण्डस्वरुप तिर्नुपर्ने भएको छ । सन् २०१२ देखि २०१५ सम्म ब्राजिलियन फुटबल एसोसिएसनको प्रमुख रहेका उनले कोपा अमेरिका प्रतियोगिताको प्रसारणका लागि सम्झौता गर्ने क्रममा घुस लिएको स्वीकार गरेका थिए ।