विराटनगर– आज बिहान बसेको बैठकले तेह्रथुम र पाँचथरका २ वटा स्थानीय तहमा भएको सुख्खापनलाई अध्ययन गर्न एक समिति बनाएको छ भने प्रादेशिक आवधिक योजना स्वीकृत गरेको छ । उक्त बैठकमा महत्वपूर्ण २ वटा निर्णय गर्दै प्रदेश एक सरकारको क्याबिनेट भर्खरै सम्पन्न भएको छ ।


ADVERTISEMENT


तेह्रथुमको छथर गाउँपालिका र पाँचथरको कुुम्मायक गाउँपालिकामा भएको सुख्खाग्रस्त अवस्थालाई सरकारले गम्भीर रूपमा लिएको बताएको छ । जसको स्थलगत अवलोकन गरी त्यसले पारेको प्रभावको विषयमा प्रतिवेदन प्रस्तुत गर्न एक समिति बनाइएको छ ।


ADVERTISEMENT

# # #


अर्थमन्त्री इन्द्र आङ्बोको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको प्रदेश नम्बर १ का प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिएका छन् । समितिमा मन्त्री आङ्बोसहित तेह्रथुमका सांसद लक्ष्मण तिवारी, पाँचथरका सांसद प्रताप हाङवा, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपत महाशाखा प्रमुख रवीन्द्र आचार्य र मुुख्य मन्त्री कार्यालयबाट १ जना सदस्य रहने गरी समिति बनाइएको छ । सो समितिलाई १५ दिनभित्र विस्तृत अध्ययन प्रतिवेदन प्रस्तुत गर्ने समय दिइएको प्रवक्ता कार्कीले बताए ।

त्यसैगरी अर्थ मन्त्रालयले आगामी ६ महिनाका लागि तयार गरेको प्रादेशिक आवधिक योजना तर्जुुमा सम्बन्धी अवधारणापत्र समेत स्वीकृत गरेको छ ।