एजेन्सी– गत सिजनको च्याम्पियन्स लिगमा उत्कृष्ट ओभरहेड किक गोल गर्दा युभेन्टसका समर्थकहरुले देखाएको सम्मानको कारण आफूले इटालियन टोली आउने निर्णय लिएको क्रिस्टियानो रोनाल्डोले बताएका छन् ।


ADVERTISEMENT


रियल म्याड्रिडका पूर्व फरवार्डले टुरिनमा खेलाइएको प्रतियोगिताको क्वाटरफाइनलको पहिलो लेगमा युभेन्टसबिरुद्ध सो गोल गरेका थिए । यस गोलका लागि युभेन्टसका समर्थकहरुले उठेर ताली बजाउँदै रोनाल्डोप्रति सम्मान जनाएका थिए ।


ADVERTISEMENT

# # #


त्यतिबेला युभेन्टसका फ्यानहरुलाई थाहा थिएन होला उनीहरुको सो सम्मानले रोनाल्डोलाई म्याड्रिड छाडेर युभेन्टस आउन प्रेरित गर्नेछ ।

‘सानो कुराले अन्ततः ठूलो प्रभाव पार्न रहेछ … त्यो दिन स्टेडियममा देखेको कुराले मलाई ट्रान्सफरका लागि सहयोग गर्यो,’ डिएजीएनको पहिलो ग्लोबल एम्बासेडरको रुपमा कुरा गर्दै रोनाल्डोले बताए ।

‘यो कुराले मलाई सोच्न बाध्य बनायो,’ उनले भने । युइएफए गोल अफ द सिजनका लागि मनोनित भएको गोलका लागि विपक्षी टोलीका फ्यानहरुबाट आएको प्रतिक्रिया आफूले अनुमान नै गर्न नसकेको ३३ वर्षीय खेलाडीले बताए ।

‘मेरो विचारमा त्यो गोल मेरो करियरकै उत्कृष्ट गोल थियो,’ उनले भने, ‘जब मानिसहरुले उक्त गोलका लागि ताली बजाउन थाले मैले सोचे, ‘वाऊ’ !’

सो पललाई आफूले जीवनभर भुल्न नसक्ने रोनाल्डोले बताए ।