एजेन्सी– सलमान खान ५२ वर्षका भए र उनी बी टाउनका ‘मस्ट एलिजिबल ब्याचलर’ हुन् । उनको प्रेमबारे अहिले पनि अत्यधिक चर्चा हुने गर्छ । अहिलेका लागि युलिया भन्तुरसँग सलमानको सम्बन्धबारे आधिकारिक जानकारी आइनसकेको आवस्थामा प्रशंसकले भने सलमान र कट्रिनाको जोडीको निकै कुरा गर्ने गर्छन् ।


ADVERTISEMENT


यद्यपी, उनको कट्रिनालगायत ऐश्वर्या राय, संगिता बिजलानी र सोमी अलिसँगको सम्बन्ध पनि लामो समयसम्म हेडलाइन बनिरह्यो । सलमान अहिले ‘दसका दम’ को सुटिङमा व्यस्त छन् र उक्त कार्यक्रममा आफ्नो प्रेम जीवनबारे रोचक खुलासा गरिरहेका छन् ।


ADVERTISEMENT

# # #


आफ्नो पहिलो प्रेमले दाइ भनिदिएको घटना स्मरण गर्दै उनले एकपटक आफ्नी पूर्व प्रेमिकाका आमाबुवाले उनीहरुकै घरमा रंगेहात पक्राउ परेको घटनाबारे खुलासा गरे । मिड डेको रिपोर्ट अनुसार उनी आफ्नी पूर्व प्रेमिकाको घरमा जाँदा प्रेमिकाका आमाबुवाले दराजमा लुकेका बेला समातेको जानकारी दिए ।

कार्यक्रमको सेटमा सलमानले भने, ‘एकपटक मेरी पूर्व प्रेमिकाका आमाबुवाले मलाईं रंगेहात उनीहरुकै घरमा समातेका थिए । जब म आफ्नी प्रेमिकाको घरमा थिएँ तब अचानक उनका आमाबुवा आइपुगे । त्यतिबेला मसँग दराजमा लुक्नेबाहेक अरु कुनै विकल्प थिएन । सबै कुरा ठिक हुन्थ्यो होला तर धुलोले खेल बिगार्यो र मलाई बेस्सरी हाँच्छ्यु आयो । तर उनका बुवालाई म मनपर्यो जसका कारण म बाँचे । यस्तो घटना सायद धेरै पुरुषले अनुभव गरेका होलान् । ’

सलमानले फिल्म ‘स्त्री’ का नायक राजकुमार राव र श्रद्धा कपुरसामू यसबारे खुलासा गरेका हुन् । सलमानको कुरा सुनेपछि राजकुमार रावले पनि आफ्नो अनुभव सेयर गरे । उनले भने, ‘म पनि एक पटक प्रेमिकाको बाल्कोनीमा दुई घण्टासम्म लुक्नु पर्यो । मेरी प्रेमिकाका आमाबुवा पनि अचानक आएका थिए ।’