काठमाडौँ– विवेकशील साझा पार्टीले मुलुकमा दिनानुदिन बढ्दो यौनजन्य हिंसा एवं बलात्कारपछि हत्या नै गर्नेसम्मका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । पार्टीका प्रवक्ता रमेश पौड्यालद्वारा आज जारी विज्ञप्तिमा मुलुकमा पछिल्लो समय बढ्दै गएको यसखाले जघन्य अपराधमा संग्लनलाई कानूनको दायरामा ल्याई हदैसम्मको सजाय दिलाउन सरकारसमक्ष जोडदार माग गरिएको छ ।


ADVERTISEMENT


विवेकशीलले बिहीबार कञ्चनपुरमा भएको घटनाका दोषीलाई कारबाही गरी घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ । गृहमन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट छानबिन समिति गठन गर्नुलाई सकारात्मकरूपमा लिएको बताउँदै प्रवक्ता पौड्यालले अन्य विभिन्न घटनामा बन्ने छानबिन समितिजस्तै यो समिति पनि कर्मकाण्डी मात्रै नहोस् भन्नेमा सरकारको ध्यानाकर्षण गराएको छ । गत साउन ११ गते कञ्चनपुरको भीमदत्त–२ मा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि निर्ममतापूर्वक हत्या गरिएको थियो । रासस


ADVERTISEMENT

# # #