पोखरा– पोखरमा १४ वर्षिया वालिका पुष्पा केसी घरबाट हराएको तीन दिनपछि मृत फेला परेकी छन् ।


ADVERTISEMENT


बिहिबारदेखि हराइरहेकी पोखरा– १९ लामौचारकी वालिका केसीको शव सोही वडाको फापरतरोको झाडीमा फेला परेको वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक दुर्गाप्रसाद श्रेष्ठले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनले घटनाको अनुसन्धान भइरहेको बताए । उनी शुक्रबार साँझ मृत फेला परेको प्रहरीकी हुन ।

विद्यालयको बसले करिब साढे ४ बजे छाडेपनि उनी घर पुगेकी थिइनन्। बिहीबार साँझबाटै परिवार र स्थानीय र प्रहरीले उनको खोजी तिब्र पारेका थिए ।

उनको झोला भेटिएको स्थान र शव भेटिएको स्थान हेर्दा बलात्कार पछि हत्या हो कि भन्ने आफन्तजनले आशंका गरेका छन् ।