सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मानव समाजको सुन्दर र सभ्य परिचय दिन सरसफाइ अपरिहार्य भएको बताएका छन् ।


ADVERTISEMENT


नेपाल मानव धर्म सेवा समिति सुर्खेतद्वारा आज यहाँ आयोजित ‘नगर सरसफाइ’ कार्यक्रमको उद्घाटन गर्दै उनले सरसफाइबाट स्वस्थ्य, स्वच्छ, सुन्दर र सभ्य समाज निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।


ADVERTISEMENT

# # #


मुख्यमन्त्री शाहीले “जहाँ सरसफाइ छ, त्यहाँ मानव आकर्षण बढ्छ, जसको फाइदा सम्बन्धित क्षेत्र, स्थान र समाजले नै लिन्छ ”, भन्दै सुन्दर, शान्त र आदर्श समाज निर्माणमा साथ दिन सबैलाई आग्रह गरेका छन् ।

“सपार्ने र बिगार्ने दुवै काम हामीमा निहित छ, त्यसैले आउनोस् सुन्दर वीरेन्द्रनगरसहित समृद्ध कर्णाली प्रदेश निर्माणका लागि सबै जुटौँ, रुख रोपौँ, फूल रोपौँ र चेतनामा परिवर्तन गरौँ”, उनले भने, “सुन्दर र समृद्ध कर्णाली प्रदेशको निर्माणका लागि आफ्नो सरकारले महिनामा दुई दिन श्रम दिवसका रुपमा मनाउने नीतिगत निर्णय गरेको छ ।

नेपाल मानव धर्म सेवा समिति सुर्खेतका अध्यक्ष सन्त महात्मा श्री निर्मला बाइजीले हरेक व्यक्ति मनदेखि सफा हुनुपर्ने बताउँदै शान्त र विकसित समाज निर्माणका लागि भौतिक र अध्यात्मिक कुरालाई संयोजन गरेर अघि बढ्न जरुरी रहेको धारणा व्यक्त गरेका छन् ।

“नैतिकतालाई सबैले मुख्य मियो बनाएर अघि बढौँ, त्यसैमा हामी सबैको कल्याण छ”, उनले भने ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वयम्सेवक युवाको सहभागिता थियो । रासस