भीमदत्तनगर– कञ्चनपुरको भीमदत्तनगरमा आज पुनः निषेधाज्ञा लगाइएको छ ।


ADVERTISEMENT


भीमदत्त नगरपालिका–४, ६ र १८ वडाका विभिन्न स्थान तोकेर आज बिहान १० बजेपछि पुनः निषेधाज्ञा लगाइएको हो । भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यापछि स्थिति असामान्य बनेपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लगाएको हो । अवस्था सामान्य बनेपछि आइतबार बिहान ५ बजेदेखि १० बजेसम्मका लागि निषेधाज्ञा हटाइएको थियो ।


ADVERTISEMENT

# # #


अर्को आदेश नभएसम्म निषेधाज्ञा जारी रहने प्रहरी नायब उपरीक्षक कृष्ण ओझाले जानकारी दिएका छन् । निर्मलाको हत्यारालाई कारवाहीको माग गरी स्थानीयवासी आन्दोलनमा छन् । शुक्रबार प्रहरीले चलाएको गोली लागेर भीमदत्त नगरपालिका–१८ का १४ वर्षीय शनि खुनाको मृत्यु भएपछि स्थिति जटिल बनेको हो । रासस