काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमाओवादी बालसेना लेनिन विष्टलाई एयरपोर्टमा रोकाएकोबारे गृह मन्त्रालयसँग स्पष्टिकरण माग गरेका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री केपी शर्मा ओलीले २४ घण्टाभित्र घटनाबारे लिखित जवाफ पेश गर्न गृह मन्त्रालयलाई निर्देशन दिएका हुन् ।


ADVERTISEMENT

# # #


सोमबार बिहान सम्पादकहरूसँगको भेटमा प्रधानमन्त्री ओलीले हिँडडुल गर्न पाउने वैयक्तिक स्वतन्त्रता हनन् भएकोप्रति आफूले ध्यान पुर्‍याउने बताए ।

‘मैले किन फर्काइयो भनेर सोधेको छु,’ ओलीले सम्पादकहरूसँग भने । शुक्रबार थाइल्याण्डको बैंककस्थित कार्यक्रममा सहभागी हुन हिँडेका विष्टलाई गृह मन्त्रालयको आदेशमा अध्यागमन विभागले रोकेको थियो ।

शुक्रबार ९ः५० को आरए ४०१ फ्लाइटमा बैंकक जान लागेका विष्टलाई ‘जुन कार्यक्रममा जान लागेको हो, त्यस विषयसँग सम्बद्ध नेपाल सरकारको कुनै पनि निकायको सिफारिस तथा स्वीकृति’ नभएको भन्दै रोकेको थियो ।

विष्टले गृहमन्त्रीका प्रवक्ता सूर्य सुवेदीको निर्देशनमा आफूलाई एयरपोर्टमा रोकिएको आरोप लगाएका थिए ।