महोत्तरी– महोत्तरी जिल्लाको औरही नगरपालिकाबाट आइतबार ८ महिनाकी शिशु चोरी भएको छ । औहरी नगरपालिका–१ बस्ने सन्तोष चौधरीको ८ महिनाकी छोरी सोनाली कुमारी चोरिएकी हुन् ।


ADVERTISEMENT


इलाका प्रहरी कार्यालय, गौशालाका सई प्रदीप भगतले बालिका लिएर अज्ञात व्यक्ति फरार भएको पुष्टि गर्दै खबर पाएलगत्तै खोजी कार्य थालेको जानकारी दिए ।


ADVERTISEMENT

# # #


एक अपरिचित व्यक्तिले बालिकाको वुवा चिन्छु भन्दै आइतबार साँझ ६ बजेतिर केहीबेर खेलाएजस्तो गरेर फरार भएको परिवारका सदस्यले बताएका छन् ।

केही शंकास्पदहरुलाई पहिचान गरेर घटनाको छानविन भइरहेको उनको भनाइ छ ।

यसअघि गत माघमा बुलवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा पनि यस्तै घटना भएको थियो । कपिलवस्तुको वीरपुर–६, कुदरबेटवाका सन्जु भन्ने परमात्मा रैदासको ९ दिने नवजात शिशु अस्पतालबाटै चोरी भएको थियो ।

वीरगन्ज उपमहानगरपालिका १ छपकैयाकी आशादेवी र मुकेश पासवानको शिुशु चोरी भएको थियो । तर प्रहरीले ३ दिनपछि उत्त बच्चा फेला पारेको थियो ।