काठमाडौँ– नेपालमा त्यस्तो घर सायदै होला, जहाँ चिया पाक्दैन । बिहान उठेर नियमित चिया पिउनु नेपालीको संस्कार हो । धेरै ठाउँमा चिया भेटघाटको माध्यम पनि बन्छ । दूधचिया बढी पिउनु स्वास्थ्यका लागि फाइदाजक छैन । तर, दिनमा एक वा दुई कप पिउँदा स्वास्थ्यमा फाइदा पनि पुर्याउँछ । यी हुन् चिया पिउनुका फाइदाहरुः


ADVERTISEMENT


ग्रिन टीका फाइदा
ग्रिन टी स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । ग्रिन टीमा एन्टिअक्सिडेन्ट बढी हुन्छ । यस्तो चिया भने दिनको ४–५ पटक प्रयोग गर्दा रोगप्रतिरोधी क्षमता पनि बढ्छ ।


ADVERTISEMENT

# # #


कालो चियाका फाइदा
कालो चियामा भएको एन्टिअक्सिडेन्टले शरीरमा भएको बोसो कम गर्ने काम गर्छ । जसको परिणाम मानिस मोटोपनको सिकार हुन पाउँदैन । तर, चियामा राखेको दूधले भने ‘एन्टिअक्सिडेन्ट’को मात्रालाई घटाउने काम गर्छ । कालो चियाको प्रयोगले छिटो भोक लाग्ने समस्याबाट मुक्ति दिलाउनुका साथै शरीरमा शक्तिसमेत पैदा गर्छ । जसले मानिसलाई लामो समय क्रियाशील रहनका लागि सहयोग पुर्याउँछ ।

कालो चियाले पाचन प्रणालीलाई समेत व्यवस्थित गर्ने काम गर्छ । जसका कारण मानिस पेटको रोग लाग्नबाट बच्न सक्छ । कालो चियाको प्रयोगले पेटको दुखाइ, ग्यास्ट्रिकजस्ता समस्याबाट पनि मुक्ति दिलाउने काम गर्छ ।

नियमित रूपमा कालो चिया पिउँदा तौल र पाचन प्रणाली व्यवस्थित बन्छ । जसका कारण मानिसलाई ‘हर्ट स्ट्रोक’को खतरा कम हुन्छ । अमेरिकन हर्ट एसोसिएसनको अनुसन्धानअनुसार कालो चियाले शरीरमा भएको खराब कोलेस्ट्रोल कम गर्छ । कोलेस्ट्रोल हर्ट स्ट्रोकका लागि खतरनाक मानिन्छ ।

कतिपय मानिसमा रोगप्रतिरोधी क्षमता कम भएका कारण छोटो–छोटो समयमा बिरामी हुने समस्याले दिक्क हुन्छ । यस्ता मानिसलाई पनि कालो चिया हितकर हुन्छ । किनभने, कालो चियाले शरीरको रोगप्रतिरोधी क्षमतालाई बढाउँदै लैजाने काम गर्छ । यसले साइनस, डायरिया, निमोनियाजस्ता रोग लाग्ने सम्भावनालाई पनि दूर गर्ने काम गर्छ ।

कालो चियाले शरीरमा ‘थैफ्लोविन्स’ अर्थात् क्यान्सर बनाउन सक्ने कोषिकालाई हटाउने काम गर्छ । यस्ता कोषिका निर्मूल हुँदा विशेषगरी मानिसलाई ‘ओवेरियन क्यान्सर’बाट जोगाउने गर्छ ।

प्रयोग यसरी
तयार पारिसकेको चिया पुनः उमालेर खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ । चिया उमाल्दा भिटामिन र एन्टिअक्सिडेन्ट नष्ट हुन पुग्छ । त्यसैले हामीले चिया भकभक उमालेर खानु हुँदैन ।

उम्लेको पानीमा चियापत्ती राखेर केही बेर छोप्नुपर्छ । तर, दूधचिया भने स्वास्थ्यका लागि राम्रो हुँदैन । चिया र दूध उमालेर खाँदा दूधमा हुने प्रोटिन र चियामा हुने एन्टिअक्सिडेन्ट तत्व नष्ट हुन्छ । जसको परिणाम हाम्रो शरीरलाई असर पार्छ ।