काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा पार्टीका तर्फबाट पठाउने मन्त्रीहरुको नाम टुंगाउन बालुवाटारमा माओवादी हेडक्वार्टरको वैठक शुरु भएको छ ।


ADVERTISEMENT


वैठकले माओवादीका तर्फबाट सरकारमा नेतृत्व गर्ने मन्त्रीसहित अरु केही मन्त्रीको नाम टुंगाउने बताइएको छ । माओवादीभित्र मन्त्रीका आंकाक्षीहरु धेरै छन् ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री शेरबहादुर देउवाले आजै राष्ट्रपति कार्यालयमा सपथ ग्रहण गर्नेछन् र पहिलो चरणमा आजै केही मन्त्रीहरुले समेत सपथ खानेछन् । यसक्रमा माओवादीले पहिलो चरणमा गृहमन्त्री र उपप्रधानमन्त्री पठाउने गृहकार्य गरेको छ ।

देउवा सरकारमा माओवादीले ८ वटा मन्त्रालय सम्हाल्ने छ । आज दुई मन्त्रीहरु छनोट गरेपछि बाँकी छ मन्त्री दोस्रो चरणमा छानिने छन्