काठमाडौँ– नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले आज सपथ ग्रहण गर्ने भएका छन् । सपथ लगतै सिंहदरबारमा आएर पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।


ADVERTISEMENT


सपथ ग्रहण कार्यक्रम राष्ट्रपति भवन शीतल निवासमा दिउँसो १ः४५ मा राखिएको छ । प्रधानमन्त्री देउवाले राष्ट्रपति विद्या भण्डारीसमक्ष पद तथा गोपनियताको सपथ लिनेछन् ।


ADVERTISEMENT

# # #


देउवाले आजै सानो आकारको मन्त्रिपरिषद् पनि गठन गर्ने तयारी गरेका छन् । देउवा मुलुकको ४० औं प्रधानमन्त्रीमा हिजो निर्वाचित भएका हुन् । यसअघि उनी तीनपटक प्रधानमन्त्री भइसकेका छन् ।