काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्मा सम्बोधन गर्ने भएका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीका देशहरूको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलन तयारीलगायतका विषयमा सम्बोधन गर्ने भएका हुन् ।


ADVERTISEMENT

# # #


आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी भएको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् । उनले यसबीचमा संसद्मा सांसदले उठाएका समसामयिक विषयको पनि जवाफ दिने भएका छन् । यही भदौ १४ र १५ गते काठमाडौँमा बिमस्टेकको चौथो शिखर सम्मेलन हुँदैछ । रासस