काठमाडौँ– सबैभन्दा लामो समयसम्म बोलेर नयाँ विश्व कीर्तिमान बनाउने तयारीमा जुटेका अनन्तराम केसीले २८ घण्टा निरन्तर बोली सकेका छन् ।


ADVERTISEMENT


केसीको अभियान गोकर्णेश्वर–५ स्थित इस्ट पोल माविमा सोमबार बिहान ६ बजेदेखि शुरु भएको हो । आज बिहान १० बजेसम्मको अभिलेखअनुसार उनले २८ घण्टा बोली सक्नुभएको अभियानको संयोजन गरिरहेका न्यू माइन्ड्स एकेडेमीका अध्यक्ष कुमारराज सुवेदीले बताएका छन् । केसीले न्यूनतम ८० घण्टा र बढीमा १०० घण्टासम्म लगातार बोल्ने लक्ष्य राखेका छन् ।


ADVERTISEMENT

# # #


अध्यात्मको खोजबाट मनोशक्तिको अभ्यासमा लागेका केसीले अघिल्लो वर्ष ८० घण्टासम्म बोले पनि प्राविधिक कारणले गिनिज वल्र्ड रेकर्डस्ले प्रमाणीकरण गरेन । अहिले भारत केरेलाका केपी भाल साराजानको नाममा लगातार ८१ घण्टा १६ मिनेट बोलेको अभिलेख छ ।

विगतको गल्तीबाट सिकेर यस वर्ष नयाँ कीर्तिमानको तयारी थालिएको केसीले बताएका छन् । शिक्षण पेशा छोडेर मनोशक्तिको अभ्यास र अनुसन्धानमा लागि तालीमसमेत दिने गरेका केसीले यसपटक विश्वले चिन्ने छ नेपालीलाई भन्ने नारा नयाँ विश्व कीर्तिमान कायम गर्न लागेका हुन् । रासस