काठमाडौं– आइएमई लिमिटेड र सुमेरु अस्पतालबीच स्वास्थ्य सेवा सम्बन्धि सोमबार सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले सुमेरु अस्पतालको सेवामा १० प्रतिशत विशेष छुट पाउने कम्पनीले जनाएको छ ।


ADVERTISEMENT


त्यस्तै आइएमईमा कार्यरत कर्मचारीहरु र आइएमईका निजी व्यवसायीक साझेदारहरूले १३ प्रतिशतसम्म छुट प्राप्त गर्ने व्यवस्था मिलाइएको छ । यो सुविधा अस्पताल भित्रको सेवामामात्र लागु हुने बताइएको छ ।


ADVERTISEMENT

# # #


उक्त सुविधालिनका लागि आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड, कर्मचारी परिचयपत्र वा आइएमईमा आवद्ध भएको प्रमाण पत्र अस्पतालको ओपीडी शाखामा देखाउनुपर्ने छ । सम्झौतापत्रमा आइएमई लिमिटेडका तर्फबाट क्षेत्रीय प्रतिनिधि प्रमुख माधव कटुवाल र सुमेरु अस्पतालको तर्फबाट निर्देशक दीलिप डंगोलले हस्ताक्षर गरेका छन् ।यो सम्झौता ५ वर्षसम्मका लागि लागू हुनेछ ।

आइएमईसँग आवद्ध सेवाग्राहीहरूलाई विभिन्न सेवामा सहुलियतपूर्ण सुविधाप्रदानगर्न सकियोस् भन्ने उद्देश्यका साथ यस्ता कार्यक्रमहरू संचालनगर्दै आइएको आइएमई ग्रुपका प्रमुख जनसम्पर्क व्यवस्थापक राजु पौडेलले बताए ।

आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्व आइएमईले सेवा शुभारम्भको १८औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १सय ७४ आइएमई सेन्टरसहित ७७ जिल्लाका ८ हजार १ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा मार्फ विदेशमा सेवा प्रदान गर्दै आइरहेको छ ।