काठमाडौं– बिमस्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन म्यानमारका राष्ट्रपति विन मिन्ट नेपाल आइपुगेका छन् । उनी मंगलबार दिउँसो काठमाडौं आइपुगेका हुन् । उनलाई रक्षामन्त्री इश्वर पोखरेलले स्वागत गरेका छन् ।


ADVERTISEMENT


सम्मेलन भदौ १४ र १५ गते हुँदैछ ।


ADVERTISEMENT

# # #


यसैबीच भीभीआईपीहरु नेपाल आउने क्रम सुरु भएसँगै राजधानीको सुरक्षा व्यवस्था कडा पारिएको छ । ४ वटै सुरक्षा निकायले शंकास्पद स्थानहरुमा आफ्नो गस्ती र पट्रोलिङ बढाएका छन् ।

सशस्त्र प्रहरी बलका सुरक्षा अधिकारीहरुले भिभिआईपी मुभमेन्ट हुने स्थानहरुका पुल, आकाशेपुल र कल्भर्टहरुको सुरक्षा गर्ने शसस्त्र प्रहरी बलका एक उच्च अधिकारीले जानकारी दिएका छन् । सम्मेलन अवधिभर करिब ४ हजार शसस्त्र प्रहरी बालका सुरक्षा अधिकारीहरु परिचालिन हुनेछन् । यस्तै नेपाल प्रहरीका पनि १२ हजार बढी परिचालन हुनेछन् ।

सशस्त्र प्रहरीले सोमबार देखि नै पुल तथा कल्भर्टहरुमा कभर लिइसकेका छन् । आकाशे पुल र अग्ला घरहरुबाट समेत शसस्त्र प्रहरीले सुरक्षा निगरानी गर्ने बताइएको छ ।

अहिले राजधानीका चोकचोकमा सशस्त्र र नेपाल प्रहरीलाई परिचालन गरिएको छ । उपत्यका भित्रिने नाकाहरुमा पनि चेकजाँचलाई कडा बनाइएको छ ।