ललितपुर– कुनै समयमा सबैभन्दा बढी प्रयोगमा आएको सञ्चारको साधन हुलाक सेवा अहिले छिटो र प्रविधिमैत्री बन्न थालेको छ । सेवाग्राहीलाई छिट्टो र गुणस्तरीय सेवा दिनका लागि हुलाक सेवाले आधुनिक प्रविधि प्रयोग गरेर सो सेवा दिन थालेको हो ।


ADVERTISEMENT


कुनै पनि सेवाग्राहीले आफ्नो पत्र आएनआएको र नआइपुगे कुन ठाउँमा अल्झिएको छ भन्ने जानकारी पाउन सक्ने जिल्ला हुलाक कार्यालयकी प्रमुख बिमला कार्कीले बताउँिछन् । उनी भन्छिन्, “अहिले प्रविधिको समय भएको र सेवाग्राहीले पनि छिटै सेवा चाहने भएकाले आधुनिक प्रविधिको प्रयोग गरिएको छ । ”


ADVERTISEMENT

# # #


केही वर्षदेखि हुलाक कार्यालयले व्यक्ति वा संस्थालाई उसको पोष्ट बक्समा चिठी आउँदा मोबाइलमार्फत जानकारी गराउँदै आएको उल्लेख गर्दै कार्यालय प्रमुख कार्की बताउँछिन् , “यसले गर्दा सेवाग्राहीलाई सहज हुनाका साथै ߮अहिले पत्र आयो कि छैन भन्दै पोष्टबक्स खोल्न धाइरनुपर्दैन मोवाइलमा जानकारी आएपछि यहाँ आएर पत्र सङ्कलन गर्न सकिन्छ ।

दु्रत सेवा र रजिष्ट्री गरेर पठाइने पत्र कहिलेकाहिँ ढिलो हुँदा कुन ठाउँमा पुगेको छ भन्ने सेवाग्राहीले जानकारी पाउनसक्छन् । हुलाक कार्यालयसँग पत्र कहाँ पुग्यो भन्ने पत्ता लगाउनसक्ने प्रविधि पनि छ । उनी भन्छिन्,“ हामी सेवाग्राहीलाई कहाँ र कहिलेदेखि चिठी अड्किएको हो, भन्ने जानकारी गराउन सक्छौं ।” साधरण पत्रमा भने भरपाई नहुँदा चिठी कहिले पुग्यो वा कहाँ पुग्यो भन्ने टुङ्गो नहुने कार्यालयले जनाएको छ । साधरण चिठी चिठी पाउनुपर्ने व्यक्तिका हातमा पुग्यो वा पुग्दैन समेत थाहा हुँदैन ।

रजिष्ट्री र द्रुत सेवामार्फत पत्र पठाउने व्यक्तिबाट पाउनेसम्म पुग्नका लागि समयावधि पनि तोकिएको छ, द्रुत सेवामार्फत ४८ घण्टाभित्र पत्र पाउने व्यक्तिसम्म पुग्छ । नेपालबाट यो सेवा ३८ देशमा पुग्छ भने रजिष्ट्री पत्र पुग्नका लागि सातदेखी १० दिन तोकिएको छ । अरु देशका तुलनामा भारतमा चिठी पुग्नका लागि समय बढी लाग्छ । कार्की भन्छिन्, “सबै पत्र पहिले दिल्ली भएर मात्रै अरु प्रदेशमा पुग्ने हुनाले नजिकको देश भए पनि भारतमा चिठी पुग्न समय लाग्छ ।”

अहिले रजिष्ट्री र द्रुतसेवा प्रयोगकर्ताको सङ्ख्या बढिरहेको प्रमुख कार्कीले बताउँछिन् । साधरण पत्रको भने प्रयोग कम भएको छ । रजिष्ट्री र द्रुत सेवामार्फत विदेशबाट सबैभन्दा बढी विद्युतीय सामग्री आउने गरेको उनी बताउँछिन् । मोबाइल, ल्यापटपलगायतका सामाग्री विदेशमा रहेका व्यक्तिले स्वदेशमा रहेका परिवारका सदस्य वा आफन्तलाई पठाउने गरेका छन् । त्यससँगै लुगा, जुत्ता र किताब÷कापी पनि आउने–जाने गरेको छ ।

कार्यालयमा गतवर्ष झण्डै चार हजार ५०० आन्तरिकबाट र नौ ९६० विदेशबाट चिठी आएका थिए । वर्षभरमा झण्डै पाँच हजार रजिष्ट्री आएको कार्यालयले जनाएको छ । कार्यालयले नौ शाखा कार्यालय र शाखा कार्यालय अन्तर्गतका अतिरिक्त हुलाक कार्यालयबाट सेवा दिइरहेका छन् । कार्यालयमा अहिले झण्डै ४०० पोष्ट बक्स छन् । जस्मा ब्यक्तिगत भन्दा संस्थागत बढी रहेको यहाँ कार्यरत कर्मचारी बताउँछन् । –सञ्चिता घिमिरे/रासस