काठमाडौँ– ‘ड्रिम अन’ एडुकेशन कन्सलटेन्सीले काठमाडौंमा आयोजना गर्ने शैक्षिक मेलाको तयारी पुरा भएको जनाएको छ । उच्च शिक्षा अध्ययनको तयारीमा रहेका विद्यार्थीलाई लक्षित गरी ‘ड्रिम अन’ एडुकेशन कन्सलटेन्सीले शैक्षिक मेला आयोजना गर्न लागेको हो ।


ADVERTISEMENT


काठमाडौंको लाजिम्पाटस्थित होटल सांग्रिलामा आउँदो भदौ १६ गते शैक्षिक मेला सम्पन्न हुनेछ । मेलामा अस्ट्रेलिया, अमेरिका लगायतका देशमा उच्च शिक्षा हासिलका लागि जान चाहाने विद्यार्थीहरुले कजेल तथा विश्व विद्यालयका बारे सम्पूर्ण जानकारी लिन सक्ने ‘ड्रिम अन एडुकेशन कन्सलटेन्सी’का प्रबन्ध निर्देशक भिमबहादुर थापाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


त्यस्तै विद्यार्थी तथा अभिभावकले मेलामा सबै देशको शिक्षा, शिक्षा नीति, त्यहाँ जाने प्रक्रिया, शुल्क, त्यहाँ रहँदाको बसाइ तथा रोजगारीका बारे सबै खाले जिज्ञाशा मेट्न सक्ने छन् । मेलामा एक हजार विद्यार्थीले शैक्षिक जानकारी लिने ‘ड्रिम अन’ले अपेक्षा गरेको छ । मेला विहान ९ बजे देखि साँझ ५ बजे सम्म सञ्चालन हुनेछ ।

‘ड्रिम अन’ले सन् २०१५ देखि उच्व शिक्षा अध्यायनका लागि विश्वका विभिन्न मुलुक जान जाहाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श सेवा पुर्याउँदै आएको छ ।