महोत्तरी– आठ महिने शिशुको अपहरणपछि हत्या भएको विरोधमा स्थानीयबासीले महोत्तरीको बर्दिवास–औरही–जलेश्वर सडक खण्ड अवरुद्ध पारेका छन् । उनीहरुले बजार पनि बन्द गराएका छन् ।


ADVERTISEMENT


बजार पूर्णरुपमा ठप्प छ । गाडीहरु पनि चल्न सकेका छैनन् ।


ADVERTISEMENT

# # #


औरही नगरपालिकाका १ का सन्तोष चौधरीको ८ महिने छोरी सोनाली कुमारी गत आइतबार हराएकी थिइन् । सन्तोषको पसलबाटै भंगाहा नगरपालिका ६ जमुनियाका भरत साहले शिशुलाई चोरेर लगेको प्रहरीले जनाएको छ ।

रक्षाबन्धनको दिन पसलमा सामान किन्ने मान्छेहरु आएको मौका छोपी भरतले सन्तोषलाई चिन्छु, भन्दै छोरीलाई काखमा बोकेको र खेलाउँदाखेलाउँदै लगेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । सीसीटिभी फुटेजमा साहले नै शिशुलाई बोकेर लगेको देखिएको प्रहरीको भनाइ छ ।

शिशुको शव भोलिपल्ट भंगाह नगरपालिका र औरही नगरपालिका १ को सिमानामा फेला परेको थियो ।

तर, प्रहरीले भरतलाई पक्रन नसकेको भन्दै स्थानीय विरोधमा उत्रिएका छन् । उनीहरुले दोषीलाई पक्राउ गरी कडा कारवाहीको माग गर्दै आएका छन् ।