गौशाला– महोत्तरी प्रहरीले प्रतिबन्धित लागूऔषधसहित मङ्गलबार तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको पिपरा गाउँपालिका–६ बस्ने धर्मनाथ मुखिया, दिनेश मुखिया र विवेक मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताएका छन् ।


ADVERTISEMENT


भारत बिहारको मधवापुर बजारबाट लागूऔषध बोकेर नेपाल प्रवेश गरेका तीनै जनालाई प्रहरीले मटिहानी नगरपालिका–७ स्थित सडकमा शङ्का लागि चेकजाँच गर्दा उनीहरू लागूऔषधसहित पक्राउ परेका हुन् । उनीहरूको साथबाट प्रहरीले ३५ थान नाइटोभेट ट्याब्लेट बरामद गरेको छ । लागूऔषधसहित पक्राउ परेका तीनै जनालाई प्रहरीले लागूऔषध मुद्दा चलाएर आवश्यक अनुसन्धान अगाडि बढाएको छ ।


ADVERTISEMENT

# # #