अछाम– सुदूर पश्चिमाञ्चलका अधिकांश पहाडी जिल्ला छाउपडी गोठमुक्त घोषणा गरेपनि जिल्लाका विभिन्न ठाउँमा छाउपडी गोठ अझै कायमै रहेका छन् ।


ADVERTISEMENT


अछामको धेरैजसो क्षेत्रमा छाउपडी प्रथालाई कायमै राख्ने गरेको पाइएको छ । जिल्लाको अन्य क्षेत्र भन्दा ढकारी गाँउपालिकामा छाउपडी गोठ बढी मात्रामा रहेका छन । रजस्वला भएको वेला महिलालाई दूध, दही, मोही, मह, घ्यू जस्ता पोसिला खाने कुराबाट बञ्चित गर्ने परम्परा अझै रहेको छ । छाउ भएको वेला पानीका मुहान, धारा,तरकारी खेती,फलफुलका बोट बिरुवा,घरपालुवा जनावरलाई छुन समेत नदिने परम्परा कायमै रहेको छ ।


ADVERTISEMENT

# # #


छाउ भएको बेला यस क्षेत्रका महिलाहरुले शौचालय समेत प्रयोग गर्नबाट बन्चित रहदै आएका छन । रजस्वला भएको बेलामा सात दिन सम्म बाहिर बस्नु पर्ने र सातै दिन शौचालय प्रयोग गर्न नपाउने गरेको ढकारी गाँउपालिका २ कि राजु रानाको भनाइ छ ।

सबै परिवारले एउटै चर्पी प्रयोग गर्ने र छाउपडी लसपस हुन्छ र लसपस हुँदा घरपरिवारका सदस्य बिरामी हुने देउता रिसाउने भन्दै छाउ भएको बेलामा चर्पी प्रयोग गर्नबाट बन्चित हुनु परेको ढकारी गाउँपालिका ३ की निर्जला शाहीले बताइन् । – आजको नेपाल समाचारपत्रबाट