काठमाडौं–काठमाडौं उपत्यकामा आज (शुक्रबार) बिजोर नम्बर भएका सवारी मात्र चल्न पाउनेछन् ।


ADVERTISEMENT


राजधानीमा बिहिबारदेखि सुरू भएको बिमस्टेक सम्मेलनका लागि ट्राफिक व्यवस्थापन गर्न भन्दै भदौ १३, १४ र १५ गते तीन दिन जोर–विजोर प्रणाली लागु गरेको थियो ।


ADVERTISEMENT

# # #


सोही अनुसार आज शुक्रबार १५ गते बिजोर नम्बर प्लेट भएका गाडी मात्रै चल्न पाउनेछन् ।

ट्राफिक प्रहरी महाशाखाले १३ र १५ गते विजोर नम्बरका गाडी चल्न पाउने र १४ गते जोर नम्बरका गाडी चल्न पाउने जनाएको थियो। हिजो (बिहिबार) जोर नम्बरका गाडी मात्रै चलेका थिए भने आज (शुक्रबार) सवारीको अन्तिम नम्बर १, ३, ५, ७, ९का गाडी चल्न पाउनेछन् ।

नम्बर प्लेटको अन्तिम अंकका आधारमा जोर–विजोर लागू ट्राफिक प्रहरीले जनाएको छ ।

बिमिस्टक सम्मेलन आज काठमाडौं घोषणा पत्र जारी गर्दै सकिनेछ ।