नेपाली नाटक र चलचित्र जगतका प्रख्यात अभिनेता तथा निर्देशक हरिप्रसाद रिमालको ९३ वर्षको उमेरमा निधन भएको छ ।


ADVERTISEMENT


बिहिबार राती १ बजेर पाँच मिनेटमा बानेश्वरस्थित आफ्नो नीजि निवासमा उनको निधन भएको कलाकार संघका अध्यक्ष राम केशर बोगटीले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


अन्तिम श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरिरलाई शुक्रबार बिहान १० बजेसम्म उनकै निवास बानेश्वरमा र आर्यघाटमा १ घण्टा सम्म राखिने बोगटीले जानकारी दिए ।

उनले ‘आमा’, ‘मनको बाँध’, ‘परिवर्तन’, ‘के घर के डेरा’, ‘सन्तान’ लगायतका फिल्ममा अभिनय गरेका थिए । उनी कला, गायन, निर्देशन, सङ्गीत र अभिनय सबैमा अब्बल मानिन्छन् । बालकृष्ण समका चेला हरिप्रसाद रिमाल ‘भीमसेनको अन्त्य’ र ‘मुकुन्द इन्दिरा’ जस्ता ऐतिहासिक नाटकमा अभिनयका साथै गायनबाट चिनिएका हुन् ।

वि.सं. २००७ सालमा स्थापित रेडियो नेपालका संस्थापक सदस्यसमेत रहेका रिमालले शङ्कर लामिछानेको रचनामा सङ्गीत र स्वर दिएर नेपालका प्रथम गायक बनेका थिए । नेवारी भाषा बोल्न सिपालु उनले नेवारी नाटक लेख्ने र मञ्चन गर्ने कार्यसमेत गरेका थिए । उनले रेडियो नेपाल मार्फत् रेडियो नाटक (रूपक) लाई शिखरमा पुर्‍याउने काम गरे ।