काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली साङ्गीतिक क्षेत्रका मूर्धन्य व्यक्तित्व हरिप्रसाद रिमालको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले आज ट्विटमार्फत स्व रिमालप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदनासमेत व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री ओलीले करीब डेढ वर्षअघि स्व रिमालको स्वास्थ्य स्थिति बुझ्न जाँदा भएको आत्मीय संवादको अहिले पनि आफूले स्मरण गरिरहेको जनाएका छन् । वरिष्ठ कलाकार एवं रेडियो नेपालका पहिलो गायक तथा नाट्य धरोहर स्व रिमालको ९२ वर्षको उमेरमा आज बिहान उनकै निवासमा निधन भएको हो । रासस
नेपाली सांगीतिक क्षेत्रका मूर्धन्य व्यक्तित्व हरिप्रसाद रिमालको निधनले मलाई अत्यन्त दुःख लागेको छ।डेढवर्ष अघि उहाँको निवासमा स्वास्थ्य स्थिति बुझ्न जाँदा भएको आत्मीय संवाद स्मरण भइरहेको छ।स्वर्गीय रिमालप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। pic.twitter.com/3Duo2V9sLm
— K P Sharma Oli (@kpsharmaoli) August 31, 2018