काठमाडौं – १८औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाललाई पदकविहीन हुनबाट जोगाएको प्याराग्लाइडिङका खेलाडीले जनही ५ लाख पुरस्कार पाउने भएका छन् । इन्डोनेसियामा जारी प्रतियोगितामा सहभागी २९ खेलमध्ये नेपाललाई रजत पदक दिलाउन सफल प्याराग्लाइडिङ खेलका खेलाडीले पुरस्कार पाउने भएका हुन् ।


ADVERTISEMENT


राष्ट्रिय खेलकुद परिषद्को नियमअनुसार रजत पदक विजेता खेलाडीलाई ५ लाख प्रदान गरिने सदस्यसचिव केशवकुमार विष्टले जानकारी दिए । उनका अनुसार खेलाडीबाहेक मुख्य प्रशिक्षकले ३ लाख, सहायक प्रशिक्षकले १ लाख ५० हजार र प्याराग्लाइडिङ संघले ५० हजार पुरस्कार पाउनेछ ।


ADVERTISEMENT

# # #


विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा सम्मिलित टोलीले प्याराग्लाइडिङतर्फ क्रसकन्ट्री स्पर्धामा नेपाललाई रजत पदक दिलाएको हो । एसियाली खेलकुदमा नेपालले २० वर्षपछि रजत पदक पाएको हो । विजेता टोली आगामी सोमबार काठमाडौं आइपुग्नेछ ।