एजेन्सी– मलेसियामा जारी एसिया कप छनोट क्रिकेट अन्तर्गत आज नेपालले घरेलु टोलीविरुद्ध प्रतिस्पर्धा गर्दैछ । अघिल्ला दुई खेलमा पराजित नेपाल तेस्रो खेलमा मलेसियाविरुद्ध जित्नैपर्ने दबाबसहित मैदानमा उत्रिन लागेको छ ।


ADVERTISEMENT


तर, नेपाल र मलेसियाबीचको खेल बायुमास ओभलमा अहिले वर्षा भइरहेकाले खेलको टससमेत हुन सकेको छैन ।


ADVERTISEMENT

# # #


नेपाली समय अनुसार बिहान ७ः१५ बजेबाट सुरू हुने खेल पानी पर्न रोकिएपछि मात्र सुरू हुनेछ । एसिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोली सुरूका दुई खेलमा पराजित भएपछि घरेलु टोलीलाई हराएर आफ्नो लक्ष्य जीवितै राख्न चाहन्छ ।

एसिया कप छनोटको शीर्ष दुईमा पुग्न नेपाललाई आज मलेसियाविरुद्ध कुनै पनि हालतमा जित्नै पर्ने दबाब छ । यदि पराजय बेहोरेको खण्डमा नेपालको एसिया कप यात्रा टुंगिने छ ।

अंक तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको नेपाल अघिल्ला दुई मध्ये एकमा जित हात पारेको घरेलु टोलीसँग सामना गर्न लागेको छ । राउण्ड रोबिनको आधारमा जारी छनोटको शीर्ष दुई मध्येको विजेताले एसिया कपको टिकट काट्ने छ ।

अघिल्ला दुई खेलको लगातार हारले नेपालको शीर्ष दुई सम्भावना कमजोर बनेको छ । यद्यपी नेपाललाई आफ्नो लक्ष्य प्राप्तिको सम्भावना कायम राख्न बाँकी तीन खेलमा शतप्रतिशत नतिजा निकाल्नुपर्ने भएको छ । र अरू खेल पनि आफू अनुकुल हुनुपर्छ ।

घरेलु टोली मलेसियाविरुद्ध जित निकाल्न नेपाललाई सहज नभए पनि पहिलो खेलमै हङकङलाई हराएर आफूलाई दाबेदारी प्रस्तुत गरेको मलेसियासँगको पछिल्लो पाँच भेटमा नेपालले हार बेहोर्नु परेको छैन ।

नेपाल भर्सेस मलेसिया (हेड टु हेड)

सन् २०१० (एसीसी एलिट ट्रफी)ः नेपाल ८ रनले विजयी
सन् २०१० (विश्व क्रिकेट लिग डिभिजन–४)ः नेपाल १० विकेटले विजयी
सन् २०१२ (एसीसी एलिट ट्रफी)ः नेपाल २१ रनले विजयी
सन् २०१४ (एसीसी प्रिमियर लिग)ः नेपाल ५ विकेटले विजयी
सन् २०१४ (विश्व क्रिकेट लिग डिभिजन–३)ः नेपाल डिएलको आधारमा ३६ रनले विजयी