काठमाडौं – मलेसियामा जारी एसियन क्रिकेट काउन्सिल (एसीसी) एसिया कप छनोटमा नेपालले पहिलो जित हात पारेको छ । आफ्नो तेस्रो खेलमा नेपालले मलेसियालाई १९ रनले पराजित गरेको हो ।


ADVERTISEMENT


मलेसियाको बायुमास ओभल मैदानमा टस जितेर १८९ रनको लक्ष्य पछ्याएको मलेसियाले ९ विकेट गुमाउँदै १६९ रन मात्रै बनाउन सक्यो ।


ADVERTISEMENT

# # #


नेपालले दिएको १८९ रनको लक्ष्य पछ्याएको मलेसियाले १६९ रन बनाउने क्रममा अनवर अरुदीन र शेद अजिद मुवारकाले समान ३४—३४ रन बनाएका थिए । त्यस्तै मलेसियाका मोहमद नुरले २२ तथा भिरानदीप जगजित सिंहले २१ रन जोडे ।

मलेसियालाई १६९ रनमा समेट्ने क्रममा नेपालका वसन्त रेग्मीले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले समान २—२ विकेट लिएका थिए । त्यस्तै, दीपेन्द्र सिंह ऐरी र सागर पुनले समान १—१ विकेट लिएका थिए ।

यसअघि पहिलो इनिङ्समा नेपालका लागि आरिफ शेखले सर्वाधिक नटआउट ६४ रन जोडे । दीपेन्द्रसिंह ऐरीले छनोट खेलमा पहिलो अर्धशतक मलेसिया विरुद्ध पूरा गरेका छन् । उनले ५१ बलमा ५४ रन बनाएका थिए ।

त्यस्तै, अनिल शाहले १६ रन, कप्तान पारस खड्काले १३ र उपकप्तान ज्ञानेन्द्र मल्लले ११ रन बनाएका थिए । बलिङतर्फ मलेसियाका श्याजरुल इजात इद्रस र सर्भिन मुनिआन्द्रेले समान ३—३ विकेट लिएका थिए ।

यो जितसँगै नेपाल मलेसियामाथि सधै हाबी रहेको प्रमाणित गरेको छ । यसअघिका ५ भेटमा नेपालले सबै नतिजा आफ्नो पक्षमा पारेको थियो ।

एसिया कप छनोटमा लगातार दुई हार व्यहोरेको नेपालले शबिार मलेसियामाथि जित निकालेसँगै एसियाकप खेल्ने आशा भने जिवीतै रहेको छ । यसका लागि नेपालले सिंगापुर र हङकङसँग लगातार जित निकाल्नु पर्ने त छँदैछ । यस्तै अन्य टिमको नतिजामा समेत भर पर्नु पर्नेछ ।