काठमाडौं – सुदूरपश्चिममा भव्य रुपमा मनाइने गौरा पर्व सोमबार काठमाडौंमा पनि मनाइएको छ । सुदूरपश्चिमका विभिन्न जिल्लाबाट काठमाडौं आई बसोबास गरेकाहरुले काठमाडौंको टुँडिखेलमा गौरा पर्व मनाएका हुन् ।


ADVERTISEMENT


उनीहरुले समूहमा हात समाएर देउडा नाचेका थिए । टुँडिखेलमा गौरा मनाउन नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, नेपाल कम्युनिस्ट पार्टीका नेता भीम रावल, लेखराज भट्ट, कांग्रेस नेताहरु दिलेन्द्रप्रसाद बडु, रमेश लेखक, एनपी साउदलगायत नेताहरु पुगेका थिए ।


ADVERTISEMENT

# # #


उनीहरुले आपसमा हात समाएर देउडा नाचेका थिए ।

 

 

तस्बिरहरु : रासस