सल्यान– अविरल बर्षापछिको पहिरोले घर पुर्दा बाग्चौर नगरपालिका १२, बाफुखोलाका बालाराम डाँगीका ३ छोराछोरीको आईतवार मृत्यु भएको छ ।


ADVERTISEMENT


मृत्यु भएकामा ८ बर्षीया ललिता, ४ बर्षीया मेनुका र ६ बर्षीय ललित छन् । भैँसी दुहुन गोठमा गएकाले डाँगी दम्पतीलाई केही भएन ।


ADVERTISEMENT

# # #


प्रहरी नायव उपरीक्षक वीेरेन्द्रबहादुर शाहीका अनुसार पहिरो आउने क्रम नरोकिएकाले समयमै उद्धार हुन सकेन ।

पीडित परिवारलाई बाग्चौर नगरपालिकाकाले खाद्यान्न र रहात सहयोग दिने नगरप्रमुख लोकमान बुढाथोकीले बताए । – आजको कान्तिपुर दैनिकबाट