काठमाडौं–झापामा १४ बर्षीया किशोरी सामुहिक बलात्कारमा परेकी छन् । गत साउन २९ गते दमकस्थित गेस्टहाउसमा लगेर तीन युवकले प्रतिकारबीच सामुहकि बलात्कार गरेको डीएसपी श्यामकुमार सुब्बाले बताए ।


ADVERTISEMENT


पीडक पक्षको दबाबले घटना ढिलो सार्वजनिक भएको हो । दबाबकै कारण कक्षा ९ मा पढ्ने किशोरी विद्यालय जान पाईरहेकी छैनन् ।


ADVERTISEMENT

# # #


उनी माइती नेपाल काँकडभिट्टाको संरक्षणमा छिन् ।

बलात्कारका आरोपीहरु दमक नगरपालिका १ का सुमन राई, समीर श्रेष्ठ र कमल गाउँपालिका ५ का किरण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । – आजको कान्तिपुर दैनिकबाट