काठमाडौं– कोहलपुरकी १३ वर्षीया बालिका तीन बर्षदेखि निरन्तर बलात्कृत हुँदै आएको खुलासा भएको छ । परिवारकै सदस्यलाई यसबारे जानकारी हुँदा पनि उनी निरन्तर बलात्कृत हुँदै आएको खुलासा भएको पीडितका दाजुले गरेका छन् ।


ADVERTISEMENT


बहिनी बलात्कारको पीडाले विक्षिप्त भएपछि बल्ल प्रहरीसमक्ष पुगेको दाजुले बताएका छन् । मैले आन्टी काकीलाई पटकपटक भनेकी थिएँ, काकीले चुप लाग भने ।


ADVERTISEMENT

# # #


“हजुरबुबाले कतै भनिस् भने मार्दिन्छु भन्नुहुन्थ्यो, त्यसैले केहि बोलिनँ”, बहिनीको भनाइृ उद्धृत गर्दै उनले भने । उनी पहिलो पटक १० बर्षको हुँदा बलात्कृत भएकी थिइन् ।

नातिनी बलात्कार गर्ने हजुरबुवालाई परिवारका सदस्यले नै संरक्षण गर्दै आएको खुलासा भएको हो ।

परिवारका अरु सदस्यलाई बलात्कारबारे जानकारी भए पनि आफुलाई धम्क्याएर तर्साएर सार्वजनिक गरे मारिदिने भन्दै जघन्य अपराध दबाउन हजुरबुवाले नै दबाब दिएको पीडित किशोरीको भनई छ । – आजको अन्नपुर्ण पोष्टबाट