काठमाडौं– प्रधानमन्त्री केपी ओलीले बिमस्टेक लगायत समसामयिक विषयबारे जानकारी दिन संसद बैठकमा सम्बोधन गर्ने भएका छन् ।


ADVERTISEMENT


आज मंगलबार दिउसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए । सल्लाहकार अर्यालका अनुसार विशेषगरी प्रधानमनत्रीको सम्बोधन हालै सम्पन्न बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेकमा भएको सहमति र कार्यान्वयनका आधारबारे सदनलाई जानकारी गराउन लागेका हुन् ।


ADVERTISEMENT

# # #


गत शुक्रवार काठमाडौमा सम्पन्न बिमस्टेक सम्मेलनले १८ बुँदे घोषणा पत्र जारी गरेको थियो । प्रधानमन्त्रीले सोमबार मन्त्रालयमा विमस्टेकले पारित गरेको घोषणापत्र प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिएका थिए ।