काठमाडौँ– कांग्रेस नेता शेख इद्रिशलाई मरणेपरान्त ‘महाउज्ज्वल राष्ट्रदीप’ सम्मानले पुरस्किृत गरिएको छ । गत वर्ष २०७४ को गणतन्त्र दिवसका दिन घोषणा भएका विभिन्न दश प्रकारका मानपदवी ३४५ जनालाई आज प्रदान गरिएसंगै स्व. इद्रिशलाई पनि सम्मान गरिएको हो ।


ADVERTISEMENT


राष्ट्रपति कार्यालय शीतल निवासमा आज गृह मन्त्रालयद्वारा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्व शेख इद्रिस (रौतहट)लाई ‘महाउज्ज्वल राष्ट्रदीप’ले विभूषित गरेकी छन् । समारोहमा इद्रिसका तर्फबाट उनका छोरा तथा कांग्रेस नेता मोहम्मद अफ्ताव आलमले विभूषण ग्रहण गरेका थिए ।


ADVERTISEMENT

# # #


पूर्वमन्त्री समेत रहेका इद्रिश वि.सं २०१५ सालमा विपी कोइराला प्रधानमन्त्री हुँदा नेपाली कांग्रेसका सांसद भएका थिए ।