सिन्धुपाल्चोक– सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहका उपप्रमुखहरुका लागि आयोजना गरिएको एक सम्मेलनले ५ बुँदे घोषणापत्र जारी गरेको छ । ग्रामिण महिला सिर्जनशील परिवारले आयोजना गरेको मानव बेचबिखन, दासत्व र ब्यबसायिक बालयौन शोषण अन्त्यका लागि धारणागत स्पष्टता कार्यशालामा उपस्थित जिल्लाका स्थानीय तहका उपप्रमुखहरुले घोषणापत्रमा हस्ताक्षर गरेका हुन् ।


ADVERTISEMENT


सम्मेलनले सबै स्थानीय तहले भौतिक पूर्वाधारमा मात्रै ध्यान दिएको र मानवीय विकास तथा सामाजिक पक्षमा नीति तथा कार्यक्रमको प्राथमिकता कम भएको निष्कर्ष निकालेको छ ।


ADVERTISEMENT

# # #


‘सबै स्थानीय तहहरुको हालको पूर्वाधारको निर्माण र बिकासलाइ केन्द्रित गरी त्यो मात्र बिकास हो भन्ने सोच सबैमा पाइन्छ । यो सोचलाइ परिवर्तन गरी मानवीयय विकासलाइ प्राथमिकता दिनुपर्नेमा जोडदिने ।’ घोषणापत्रमा उल्लेख छ, ‘जिल्लालाइ दुइ बर्ष भित्र बालबिबाह र बालश्रम शुन्य बनाउन प्रयास गर्ने । मानव बेचबिखन, व्यवसायिक बालयौन शोषण र दासत्वको अन्त्य र बालअधिकार संरक्षणका लागि सबै स्थानीय तहले निरोधका कार्यक्रमहरु तय गर्ने ।’

बाल संरक्षण, लैंगिक हिंसाको सम्वोधन र लैंगिकताका सवालबारे स्थानीय सरकारका प्रमुखहरु एवम् सबै वडाका वडाअध्यक्षहरुका सबै टोलीलाई अवधारणागत स्पष्टताका लागि आवश्यक अभिमुखीकरण तालीम गोष्ठिहरु संचालन गर्ने र लैंगिक हिंसाका प्रभावितहरुका लागि सबैलाई पायक पर्ने स्थानमा सरकारी तथा गैह्रसरकारी क्षेत्रको साझेदारीतामा संरक्षण तथा सुरक्षित आवास गृहहरु स्थापना र संचालन गर्ने कुरा घोषणा पत्रमा उल्लेख छ ।

स्थानीय तहका प्रमुख–उपप्रमुख लगायतका जनप्रतिनिधिहरुलाई भौतिक विकासका लागि जनदबाव भएकाले मानवीय विकासका बिषयमा पनि ध्यान केन्द्रित गराउन यो कार्यशाला आयोजना गरीएको गामिण महिला सिर्जनशील परीवारकी कार्यकारी निर्देशक नानीमाया थापाको भनाई छ । यस कार्यक्रमको प्रभाकारीतालाई अध्ययन गरी स्थानीय तह प्रमुख तथा अन्य जनप्रतिनिधिहरुसँग पनि यस्ता कार्यक्रम आयोजना गरिने संस्थाकी अध्यक्ष जयादेवि खड्काले जानकारी दिइन् ।