एजेन्सी– कर छलीको मामिलामा जोसे मारिन्होले १ वर्ष जेल सजाय तथा २० लाख युरो जरिवाना स्वीकार गरेका छन् ।


ADVERTISEMENT


स्पेनको कर कार्यालयले सन् २०११ र १२ को बीचमा रियल म्याड्रिडको प्रशिक्षक रहँदा मोरिन्होले ३३ लाख युरो कर छली गरेको आरोप लगाएको थियो ।


ADVERTISEMENT

# # #


तीन वर्ष रियलमा बिताएका मोरिन्होले आयरल्याण्ड, ब्रिटिस भर्जिन आइल्याण्ड र न्युजिल्याण्डका अफसोर कम्पनीहरु प्रयोग गरेर आफ्नो इमेज राइट बापतको रकम लुकाएको आरोप लगाइएको थियो ।

स्पेनिस पत्रिका एल मुन्डोका अनुसार यस मामिलामा मोरिन्होले १ वर्षको जेल सजाय स्वीकार गरेका छन् ।
यद्यपि, स्पेनिस कानूनका अनुसार २ वर्षभन्दा कम जेल सजाय भएकाहरु जेलमा बस्नु नपर्ने प्रावधान रहेको कारण मोरिन्होले जेलमा भने बस्नुपर्ने छैन ।

सन् २०१७ को नोभेम्बरमा अदालतमा उपस्थित भएका मोरन्होले भनेका थिए, ‘मैले उत्तर दिइनँ, वादविवाद गरिनँ, मैले तिरे र हस्ताक्षर गरेँ ।’

कर छलीको मामिलामा दोषी पाइएका मोरिन्हो मात्र एक्लो हाइप्रोफाइल होइनन् । यसअघि, क्रिस्टियानो रोनाल्डो, लियोनेल मेस्सी, एलेक्सिस सान्चेज, ह्याभियर मास्चेरोनो लगायत पनि यसमामिला दोषी पाइसकेका छन् ।