काठमाडौ‌ँ– जापानले फुकुसिमा परमाणु उर्जा संयन्त्रमा विकिरणको चपेटामा परी एक कर्मचारीको मृत्यु भएको स्वीकार गरेको छ ।


ADVERTISEMENT


५० वर्षीय एक कर्मचारीको फोक्सोको क्यान्सरका कारण मृत्यु भएको हो । उनको क्यान्सर सन् २०१६ मा पत्ता लागेको थियो । जापान सरकारले यसअघि परमाणु बिकिरणका कारण चार कर्मचारी घाइते भएको बताएको थियो भने पहिलोपटक कसैको मृत्यु भएको पुष्टि गरेको हो ।


ADVERTISEMENT

# # #


सन् २०११ को मार्चमा ९ म्याग्निच्युडको भूकम्पका र सुनामीका कारण फुकुसिमा परमाणु भट्टी विष्फोट भर्इ संयन्त्रमै क्षति पुगेको थियो । जापानको उत्तर पूर्वी तटीय क्षेत्रमा रहेको संयन्त्रको ‘कुलिङ सिस्टम’ नष्ट भएको थियो भने रेडियोएक्टिभ पदार्थ पनि लिक भएको थियो । त्यसपछि आसपासका धेरै वस्तीहरु खालि गराइएको थियो ।

जुन कर्मचारीको मृत्यु भएको थियो उनी सन् १९८० देखि परमाणु उर्जा स्टेसनमा काम गरिरहेका थिए र जब यो दुर्घटना भएको थियो उनी फुकुसिमाको एक नम्बर प्लान्टमा बिकिरण मापक इन्चार्ज थिए ।