एजेन्सी– अमेरिकाको सिनसिनाटी शहरको फिफ्थ थर्ड बैंकमा बिहिबार बिहान एक बन्दुकधारीले अन्धधुन्ध गोली प्रहार गरेका छन् । गोलीबारीमा भारतीय नागरिकसमेत तीन जनाको मृत्यु भएको छ भने अन्य चार घाइते भएका छन् ।


ADVERTISEMENT


पुलिसले आरोपीको गोली हानी हत्या गरेको छ । मृत्यु भएका भारतीय नागरिक २९ वर्षका पृथ्वीराज कन्डेपी आन्द्रप्रदेशको गुन्टुर जिल्लाका बासिन्दा हुन् । उनी उक्त बैंकका वित्तिय सल्लाहकार थिए ।


ADVERTISEMENT

# # #


आरोपीको पहिचान हुन सकेनः
सिनसिनाटी इलाकाका पुलिस प्रमुख इलियट इसाक अनुसार आरोपीले सबैभन्दा पहिला फाउन्टेन स्क्वायर नजिकै फिफ्थ थर्ड बैंक बाहिर गोली चलाए । त्यसपछि उनी बैंकमा छिरेर अन्धधुन्ध गोली चलाए । आरोपीको पहिचान हुन सकेको छैन । उनले किन गोली चलाए, त्यसबारे पनि स्पष्ट जानकारी उपलब्ध नभएको बताइएको छ ।

सिनसिनाटीका मेयर जोन क्रेनलेका अनुसार गोलीबारीमा सर्वसाधारण मारिएका छन् । पूरा घटनाक्रम केही मिनेटभित्रै भएको थियो । पुलिसका अनुसार घाइते चारलाई सिनसिनाटी मेडिकल सेन्टरमा भर्ना गराइएको छ ।