काठमाडौं– आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा श्रीचन्द्र भट्ट नियुक्त भएका छन् । नेपाल इन्भेष्टमेन्ट बैंकबाट १९९८ सेवा सुरु गरेका भट्टसंग २०११ सम्म आईपुग्दा सहायक महाप्रबन्धक पदमा रही काम गरेको अनुभव छ । त्यसपछि उनले मेघा बैंक लिमिटेडमा करिब ६ महिना नायब प्रमुख कार्यकारी अधिकृत पदमा रही काम रेका थिए ।


ADVERTISEMENT


पछिल्लो समयमा भट्ट बिभिन्न बैंक तथा वित्तीय संस्थालगायत इन्स्योरेन्स कम्पनीहरुमा आबद्ध रहीआएका थिए । भट्टसँग रेमिट टु नेपाल प्रा.लिको प्रमुख कार्यकारी अधिकृत पदमा रही काम गरेको अनुभब समेत रहेको छ ।


ADVERTISEMENT

# # #


कम्पनीको सञ्चालक समितिसमक्ष प्रमुखकार्यकारी अधिकृत पदको सपथ गह्रण गर्दै उनले आफुसँग रहेको कार्य अनुभवको प्रचुर रुपमा प्रयोग गरी कम्पनीलाई नयाँ आयाम दिई जीवन बीमा कम्पनीहरुमध्ये उत्कृष्ट स्थान हासिल गर्न आफु सदैब प्रयासरत रहने प्रतिबद्धता जनाए ।

साथै कम्पनीलाई हालको स्थितिसम्म पु¥याउन सहयोग गर्ने नियमनकारी निकायहरु बीमा समिति, कम्पनी रजिष्ट्रारको कार्यालय तथा कम्पनीको सञ्चालक समिति, संस्थापक शेयरधनीहरु, शुभचिन्तक लगायत कम्पनीको विभिन्न पदमा रही कार्य गर्ने कर्मचारीहरुलाई धन्यबाद दिँदै आगामीदिनहरुमा समेत सहयोग गरीदिनका लागि उनले अनुरोध गरेका थिए ।